समूह विजेता बन्दै नेपाल विश्वकप छनोटको सुपर सिक्समा
काठमाडाैं | असोज २४, २०८२
काठमाडौं: आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह विजेता बन्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा जापानलाई पाँच विकेटले हराउँदै दुई अंकका साथमा नेपाल सुपर सिक्समा प्रवेश गरेको हो ।
सुरुमा ब्याटिङ गरेको जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर भेट्टाएको हो । समूह उपविजेता बन्दै जापानसमेत सुपर सिक्समा प्रवेश गरेको छ ।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ३८ रन बनाए । शेखले २१ बलको सामना गर्दा एक छौका र चार छक्का प्रहार गरे । गुल्सन झाले २८ रन बनाउँदा कुशल भुर्तेलले २१ रनको योगदान दिए । कप्तान रोहित पौडेलले १८ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले १४ रन थपे ।
जापानका लागि शोमा स्लेटरले दुई विकेट हात पार्दा रेओ साकुरानो थोमस, सबोरिश रविचन्द्रन र डेक्लान सुजुकीले एकएक विकेट लिए ।
सुरुमा ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनाएको थियो ।
जापानका लागि केन्डेल काडोवाकी फ्लेमिङले अर्धशतक प्रहार गरे । उनले ४६ बलमा ६० रन जोडे । उसका लागि इसम रहमानले २५ बलमा ३१ रन थपे । सुरुमा आक्रामक ब्याटिङ गरेको जापानको पछिल्लोक्रम नेपाली बलरसामु टिक्न सकेको थिएन ।
जापानलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछाने र गुल्सन झाले दुईदुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एकएक विकेट लिए । कसिलो बलिङ गर्नुभएका दीपेन्द्रसिंह ऐरीले तीन ओभर बलिङ गर्दा १५ रन खर्चिए ।
नेपालका लागि अलराउण्ड प्रदर्शन गरेका गुल्सन झा प्लेयर अफ द म्याच बने । उनले बलिङमा दुई विकेट हात पार्दा ब्याटिङमा महत्त्वपूर्ण २८ रन जोडे। नेपालले सुपर सिक्सको पहिलो खेल समूह ‘ए’को विजेता यूएईसँग आइतबार खेल्नेछ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

